Pathera

पथेर

Story books

Rs. 350.00

In Pather, Shyam has raised more subtle issues, which have a special meaning in Nepali politics. Especially the Madhes, the marginalized Madhes and the people at the bottom of that society are the characters of this collection of stories. It is Shyam's literary work to tell a story in the social style of Madhes through these characters, to raise the issue in a political image and to awaken the resistance consciousness and this is his personality. Pather literally means bricklayer. From an aesthetic point of view, Pather is important to the working class and the value of their labor.

Add to cart

पछिल्लो बाहिरी पृष्ठबाट

श्याम साह नेपाली आख्यानमा समाजशास्त्री लेखक हुन् । पहिलो कृति 'अब्बा' कथा-सङ्ग्रह मार्फत् नै अब्बल उपस्थिति जनाइसकेर नेपाली प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरिसकेका उनी नेपाली समाजमा अपुरा बनाइएका, ठानिएका मानिसहरूका कथा लेख्छन् । उनका कथाहरूले नेपाली साहित्यमा मधेसको राजनीतिक सौन्दर्यबोध गराउँछन् ।

पथेरमा श्यामले अझ मसिना र मिहिन मुद्दाहरू उठाएका छन्, जसले नेपाली राजनीतिमा खास अर्थ राख्छ । खास गरी मधेस, सीमान्त मधेस र त्यस समाजको पनि पिँधमा पारिएका मानिसहरू यस कथा-सङ्ग्रहका पात्रहरू हुन् । तिनै पात्रहरू मार्फत् मधेसको सामाजिक शैलीमा कथा भन्नु, राजनीतिक बिम्बमा विषयको उठान गर्नु र प्रतिरोधी चेतना जगाउनु श्यामको लेखकीय कथाकर्म हो र यो नै उनको निजत्व हो ।

पथेरको सिधा अर्थ इँटा बनाउने मजदुर हो । सौन्दर्यबोधका दृष्टिमा भने पथेरले श्रमजीवी वर्ग र तिनका श्रमहरूको मूल्यदाबीसंग महत्त्व राख्छ ।

Customer Reviews

0 reviews