Maile Bolda Desh ko Naksa Hallincha

मैले बोल्दा देशको नक्शा हल्लिन्छ

Poetry

Rs. 250.00

Dharmendra, who has written the 'Red Tiger' novel based on traveling philosophy has created a collection of poem with abundance of multicolored bueaty. His speciality is to create bautiful high imagination, giving theoretical inention whilist creating an intimate nature in his poetry. His poetry is great and strong as a stone, difficult to tear.

Add to cart

पछिल्लो बाहिरी पृष्ठबाट

धर्मेन्द्र नेम्बाङ नेपाली साहित्यमा बहुरङ्गवादी चिन्तक हुन् । उनको साहित्यलाई पढ्न र बुझन नयाँ चेत र दार्शनिक मस्तिष्क चाहिन्छ । कवितामै पनि धेरै नेपाली कविहरू कनेर कविता लेख्छन्, धर्मेन्द्र मात्र यस्ता कवि हुन् उनी हेपेर (सहजै) कविता लेख्छन् । 

नेपाली मानिसहरू सांस्कृतिक अन्तरघुलनको मनेविज्ञानले सोच्छन् र त्यसरी नै बाँच्छन् । तिनका आ-आफ्नै भाषा-संस्कृति छन्, सभ्यता छन् र दर्शनशास्त्र छन् । तिनको आ-आफ्नै विशेषता छ । तिनैको साझा बिम्बमा धर्मेन्द्रले 'बहुरङ्गवाद' बनाएका हुन् । यही आयामबाट जीवन र जगतलाई बोध गर्ने उनको दृढता छ । 'मैले बोल्दा यो देशको नक्सा हल्लिन्छ' कविता सङ्ग्रह यसैको विस्तृति हो ।

'ट्राभलिङ फिलोसोफी'मा आधारित 'रातो बाघ' उपन्यास समेत लेखिसकेका धर्मेन्द्रले यो सङ्ग्रहमा बहुरङ्गी सौन्दर्यको अब्बल प्रस्तुति गरेका छन् । कवितामा मुन्धुमी चेत र मिथकलाई सैद्धान्तिक लैस दिदै उच्च-कल्पनाशीलताको सौन्दर्य निर्माण गर्नु नै उनको विशेषता हो । उनका कविता ठूला र बलिया पत्थर हुन्, जसमा छिनोले कुँद्न निक्कै मुश्किल पर्छ । यी अकविता रचना गर्छन् तर पूर्ण कविता लेख्छन् ।

Customer Reviews

0 reviews