Maharani

महारानी

Rs. 500.00

तीन शताब्दिअघिको बाइसेचौबिसे राज्यमध्ये एकको इतिहासमा स्थापित भातृद्वन्द्व, सत्ता र प्रेममा आधारित एक कुशल उपन्यास ।

पछिल्लो बाहिरी पृष्ठबाट

सुन खान सकिँदैन । हेरिकन नयनसुख लिइन्छ । मेरा निमित्त युवराज पनि सुनजस्तै मनमोहक वस्तु मात्र होइस्यो... ।

हेर्दा चौपट्ट राम्रो, टिपेर टाउकोमा सिउरन भने नसकिन्या विशाल तलाउको मध्येमा फूल्याको कमल जस्तो मकन ठानिसेला | टिप्न नसकिए पनि पोखरीको बिचमा फूल्याको फूल मेरो हो भनिसेला ... ।

म आफू बलिवेदीमा चढ्न तयार भैदिएँ । युवराजसँग त्यसबारेमा कुरा गर्ने शक्ति सामर्थ्य मसँग छैन । मेरा निमित्त युवाराजसँग विछोड हुनभन्दा ठूलो दुख्खको कुरा अर्को के छ र ? त्यसमाथि आफैले प्रेमको डोरी चुडालन्या प्रस्ताव गर्न सक्तिन । सामर्थ्यभन्दा ठूलो जिम्मेवारी मकन नदिस्योस् । दुई प्रेमीहरु सगोलमा साझा मृत्युवरण गर्न तयार हुन सक्छन् । छुट्टिन्या सल्लाह गर्न सक्तैनन् । राजकुमारीले आँसु चुहाउँदै दुई हात जोडेर प्रार्थना गरिन् ।

Add to cart

Genre:Historical Fiction
Language:Nepali
Published:2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937934459
ISBN10:9937934451
Pages:366
Weight:280 g

Customer Reviews

0 reviews